सिटिजन लाईफ इन्सुरेन्स संग सम्झौता
-------------------------------------------
चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था र सिटिजन लाईफ ईन्सुरेन्स कम्पनि विच असोज ३ गते एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सिटिजन लाईफले नेपालमै पहिलो पटक प्रयोगमा ल्याएको जीवन सारथी बीमा योजना लगायत अन्य केही बीमा योजनाहरु संस्थाका सदस्यहरुको लागि उपयोगीे देखिएकोले उक्त सम्झौता गरिएको हो । चन्द्रागिरि साकोसले ढेड दशक देखि आफ्ना सदस्यहरुलाई सदस्य सामाजिक सुरक्षा योजना अन्तर्गत औषधि उपचार राहत, काजकिरिया खर्च, दुर्घटना राहत, सुरक्षित मातृत्व, एम्बुलेन्स तथा शव बाहन सेवा उपलब्ध गराउँदै आएकोमा गत वर्ष देखि १८ घातक रोगहरुमा रु ५ लाख सम्मको उपचार राहत उपलब्ध गराउँदै आएको छ । अब सिटिजन लाईफ ईन्सुरेन्स कम्पनि संगको कार्यक्रमहरुमा समेत सदस्यहरुलाई सहभागी गराउने योजना संस्थाले राखेको छ । चन्द्रागिरि साकोसको कार्यालयमा सम्पन्न उक्त हस्ताक्षर कार्यक्रममा संस्थाका अध्यक्ष शिवशंकर मानन्धर र प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठ, सिटिजन लाईफ ईन्सुरेन्स कम्पनि लि.बाट कर्पोरेट सेल्स प्रमुख रिता पाठक तथा लघुवीत्त विज्ञ शिव अधिकारीको उपस्थिति रहेको थियो ।
Comments