असार २२, काठमाडौं । चन्द्रागिरि साकोसको आ.व. २०८१/०८२ को वार्षिक कार्ययोजना तथा बजेट तर्जुमा कार्यशाला असार २२ गते सम्पन्न भएको छ । उद्घाटन सत्र र व्यवसायीक सत्र गरी दुइ चरणमा सम्पन्न भएको उक्त कार्यक्रममा सहकारी विभागका उपरजिष्ट्रार टेकराज अर्यालले वर्तमान अवस्थामा सहकारी क्षेत्रमा देखिएका समस्याहरु र त्यसका समाधानका उपायहरुका साथै सहकारी विभागले जारी गरेका विभिन्न निर्देशनहरुको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने उक्त कार्यपत्र माथि चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले टिप्पणी गर्नुभएको थियो।
उक्त कार्यपत्र र टिप्पणीबाट आगामी आ.व. २०८१/०८२ को चन्द्रागिरि साकोसको कार्ययोजना तथा बजेटको लागि मार्गनिर्देशन समेत प्राप्त भएको थियो । कार्यक्रमको विचमा चन्द्रागिरि नगरपालिका प्रमुख गिरीले सहकारीले उत्पादक कृषकहरुलाई उपभोक्ता संग सिधै जोड्ने कार्य सहकारी संस्थाहरुले गनुपर्ने कुरामा जोडि दिनु भयो भने उपरजिष्ट्रार अर्यालले ०.१२% सहकारी संस्थाहरुमा समस्या आउँदा सम्पूर्ण सहकारीहरु बदनाम हुन परेको हुँदा ऐन नियमावली र विभागले जारी गरेका निर्देशनहरु पालना गरेर सहकारी संस्थाहरु सञ्चालित हुनु पर्ने कुरामा जोड दिनुभयो ।
व्यवसायीक सत्रमा चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.को आ.व. २०८१/०८२ को प्रस्तावित कार्ययोजना अनुमातित बजेटको खाका छलफलका लागि प्रस्तुत गर्नु भएको थियो । प्रस्तावित बजेट अनुसार आ.व. २०८१/०८२ मा संस्थाको कुल कारोबार रु. ३ अर्व ९० करोड पुर्याउने लक्ष्य राखिएको छ भने जम्मा २२५०० जना व्यक्तिहरुलाई सेवा पुर्याउने लक्ष्य लिईएको छ।
कार्यक्रम तथा बजेटको मस्यौदाको क्रममा संस्थाका सदस्य, सञ्चालक, सल्लाहकार, अन्य उपसमितिहरु र सरोकारवालाहरु विच आगामी वर्षको लागि तर्जुमा गरिने कार्यक्रम तथा बजेटका विषयमा सर्वेक्षण मार्फत जानकारीहरु संकलन समेत गरिएको थियो भने कार्यक्रम तथा बजेट कार्यशालाका सहभागीहरु विच पर्याप्त छलफल गरी प्रस्तावित कार्यक्रम तथा बजेटको मस्यौदालाई अन्तिम रुप दिनको लागि प्यानल छलफल मोडेलमा कार्यक्रम सञ्चालन गरिएको थियो।
“वातावरण विश्लेषण (SWOT)” र “कार्यसम्पादन सूचकांक, कार्यक्रम तथा बजेट” गरी दुई छुट्टा विषयमा प्यानल छलफल गरिएको व्यवसायिक सत्रको “वातावरण विश्लेषण (SWOT)” विषयक छलफलमा संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक भानु प्रकाश ढकालले अध्यक्षता गर्नु भएको थियो भने प्यानलिस्टकोे भुमिकामा संस्थाका अध्यक्ष योगेन्द्रकुमार कुँवर रहनु भएको थियो, त्यस्तै टिप्पणीकर्ताको रुपमा संस्थाका सल्लाहकार डा. रामजी न्योपानै रहनु भएको थियो । त्यस्तै “कार्यसम्पादन सूचकांक, कार्यक्रम तथा बजेट” विषयक छलफलको अध्यक्षता संस्थाका उपध्यक्ष हरिहर सिग्देलले गर्नु भएको थियो भने प्यानलिस्टको भुमिकामा संस्थाका सहसचिव शरद कुँवर र टिप्पणीकर्ताको रुपमा प्रा.डा. आनन्द कुमार शर्मा र प्रा.डा. रामशरण पाठक रहनु भएको थियो।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष शिवशंकर मानन्धर, सल्लाहकार विष्णु गोपाल खत्री, लेखा सुपरिवेक्षण समितिका सदस्य ईन्द्रबहादुर महर्जन, सञ्चालक सदस्य सुबास श्रेष्ठ, उपसमिति सदस्यहरु त्रिपुरा लक्ष्मी जोशी, रेखा तुलाचन, रिजु मानन्धर लगायतले लिखित तथा मौखिक रुपमा धारण, सल्लाह तथा सुझावहरु राख्नु भएको थियो । कायक्रममा संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार परिषद, विभन्न उपसमिति र कर्मचारीहरु सहित ६३ जनाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठ आ.व. २०८०/०८१ को संस्थाको प्रगतिहरुको समिक्षा र आगामी आ.व.का. कार्यक्रम तथा बजेटको मस्यौदा प्रस्तुत गर्नुभएको थियो भने नायब प्रमुख कार्यकारी अधिकृत कविन्द्र धौबन्जार र व्यवस्थापक सुमित्रा त्रिपाठी कार्यक्रम व्यवस्थापन गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन सत्रमा संस्थाका अध्यक्ष योगेन्द्र कुमार कुँवर जेठ २१ देखि ३२ तदनुसार जुन ३ देखि १४ सम्म स्विजरल्याण्डको जेनेभामा सम्पन्न अन्तराष्ट्रिय श्रम संगठन (ILO) को ११२ औं International Labor Conference मा Governing Body को निर्वाचनबाट श्रमिकहरुको तर्फबाट Substitute Member को रुपमा निर्वाचित हुनु भएकोमा अभिनन्दन पत्रले सम्मानित समेत हुनु भएको थियो ।