आ.व. २०८१/०८२ को पहिलो दिन श्रावण १ गते विहान १० बजे सञ्चालक सञ्चालक समितिबाट व्यवस्थापनलाई आ.व. २०८१/०८२ को कार्यसम्पादन लक्ष्य हस्तान्तरण गरिएको छ ।

सञ्चालक समितिको मिति २०८१/३/३१ गतेको बैठकबाट पारित भएको कार्यसम्पादन लक्ष्य आज अध्यक्ष श्री योगेन्द्रकुमार कुँवरले प्रमुख कार्यकारी अधिकृत श्री कृष्णकुमार श्रेष्ठलाई हस्तान्तरण गर्नु भयो ।

त्यसै गरी प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले नायव प्रमुख कार्यकारी अधिकृत कविन्द्र धौबन्जार, व्यवस्थापक सुमित्रा त्रिपाठी, बरिष्ठ अधिकृत दामोदर रिजाल, विभागीय प्रमुखहरु उर्मिला बस्नेत, ज्योती मानन्धर, सुदन भण्डारी र सेवाकेन्द्र प्रमुखहरु दिपक नेपाल, काशीनाथ घिमिरे, ओशन तण्डुकार र मधुवन महर्जनलाई कार्यसम्पादन लक्ष्य हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रमको विचमा संस्थाको वेभसाईटको नयाँ संस्करण सार्वजनिकरण र नयाँ ३ जना व्यवस्थापन प्रशिक्षार्थीहरुलाई समेत नियुक्ती प्रदान गरियो ।