चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि. र लायन्स क्लब अफ काठमाडौं, चन्द्रागिरि बिच श्रावण ३ गते एम्बुलेन्स सञ्चालन सम्झौता भएको छ । विगत १० वर्ष देखि आफ्ना सदस्य र आसपासमा एम्बुलेन्स सेवा सञ्चालन गरिरहेको चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले उक्त क्लबलाई नयाँ एम्बुलेन्स सञ्चालनको लागि वित्तीय सहयोग गर्ने भएको हो । प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयबाट एम्वुलेन्स खरिद सम्बन्धी आवश्यक सिफारिस प्राप्त भई उक्त एम्बुलेन्स खरिद प्रकृयामा गईसकेको छ । श्रावण ३ गते सम्पन्न सम्झौता कार्यक्रममा खरिदको लागि आवश्यक पर्ने रकमको चेक हस्तान्तरण तथा सम्झौता पत्र आदान प्रदान गरिएको थियो । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष श्री शिवशंकर मानन्धरको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं चन्द्रागिरिका अध्यक्ष जयरामप्रसाद लुईटेल र निवर्तमान तथा पूर्व अध्यक्षहरु राजेन्द्र विक्रम बानियाँ, मनमायाँ गिरी, रेशमलाल दवाडी लगायत कार्यसमितिका पदाधिकारीहरु तथा चन्द्रागिरिका लेखा संयोजक गोबिन्द प्रसाद मिश्रका साथ सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा चन्द्रागिरिका अध्यक्ष शिवशंकर मानन्धर, प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठ र लायन्स क्लब अफ काठमाडौं चन्द्रागिरीका निवर्तमान अध्यक्ष राजेन्द्र विक्रम बानियाँले मन्तव्य राख्नुभएको थियो ।

Comments